+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सामाजिक सञ्जालबाट सेयर किनबेचमा उक्साउनेलाई कारबाही गर्छौं : धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १३:४७

३२ साउन, काठमाडौं । सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने भन्दै खरिद वा बिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको जनाएको छ ।

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको छ’ बोर्डले सूचनामा भनेको छ ‘सो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर गरेको मानिने व्यहोरा जानकारी गराउँछौं ।’

निश्चित सेयर खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न, नगराउन र त्यस्ता कार्य रोक्न बोर्डले भनेको छ ।

यस्ता किसिमका कामकारबाहीका सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको जनाएको छ । साथै कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न बोर्ड अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?