जीवन; जहाँ ढुकढुकी छ, भावना छ, इमानदारी, प्रतिबद्धता र चेतना छ । त्यसैले त धेरैले जीवनलाई प्रकृतिको उपहार भनेका छन् । तर के जीवनको व्याख्या मानिसको चेतना वा भावनासँग मात्र हुुन्छ । पशुुपक्षी लगायत जनावरको चेतना जीवनको परिभाषा भित्र पर्दैन ? उनीहरूको भावना सामाजिक अस्तित्व र सहकार्यको अंग हुनसक्दैन ?
मानिसको मृत्युमा स्नेहको अन्त्य छट्पटाउँछ, परिवार र समाजभित्र । मानिसको पीडा अनि शारीरिक र मानसिक बोझमा विद्वत्ताको आलाप वर्षन्छ । मानिसमाथि हुने हरेक खाले बर्बरता विरुद्ध एकताको शंखघोष गरिन्छ । तर त्यही मानिस जनावरमाथिको बर्बरतामा रमाइरहन्छ । अनि चेतना र भावना रमिते बन्छन् ।
सामाजिक सञ्जालले अहिले विश्वका हरेक कुुनामा भइरहेका घटनाहरूमा साक्षी बनाउँछ हामीलाई । तराईको कुुनै जङ्गलमा रोगी बुुढो घोडालाई निर्दयतापूर्वक फालिएको हुुन्छ, पहाडमा भारीले लादिएको खच्चड सकी-नसकी गन्तव्य पहिल्याइरहेको हुुन्छ, हिमालतिर हिउँको चिप्लेटीमा खाद्यान्न र लत्ताकपडाको बोझ थेग्न नसकेर गुल्टिंदै गरेको घोडाले खोंचमा खसेर प्राण त्याग्दै गरेको हुुन्छ, एउटा हात्ती मालिकको यातनामा आँशुु चुुहाइरहेको हुुन्छ अनि एउटा कुकुुरले मानिसको टिकटक मोहमा यातना खेप्दै गरेको हुुन्छ । हामी तस्बिर र भिडियोबाट यी सबै परिघटनाको साक्षी भइरहेका छौं । तर बोल्दैनौं, किनभने यी त जनावर हुुन् । यिनको भावना, चेतना, इमानदारी, मित्रता त काममा सघाउँदासम्म मात्र न हुुन्छ । काम सकियो, निकटता सकियो !
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियोले मानिसको चेतना, भावना र कारुणिकताको खिल्ली उडाइरहेको छ । मानिसको स्वार्थमा एउटा जनावरले मृत्युसँग इमानदारी साटेको त्यो भिडियो शून्यताको परिभाषा बनेको छ ।
मानिसको स्वार्थले थिचिएको एउटा घोडा हिमाली पहाडबाट खोंचतर्फ खसिरहेको छ । तर तिनै मानिसका स्वार्थी आँखाहरूले अलिकता पनि कारुणिकता देखाउँदैनन् । मृत्यु पछ्याउँदै खोंचतर्फ बढिरहेको त्यो घोडाको परिवार थियो होला, समाज थियो होला, वासस्थान र चरन क्षेत्र थियो होला ।
सबै छोडेर मानिसको स्वार्थमा हिउँका पहाड उक्लँदै गर्दा पीडाको भारी पनि थपिएको थियो उसको शरीरमा । बिचरा घोडा, अरू त परैको कुरा जीवनप्रतिको लालसा समेत नभएको उसको लागि स्वार्थी मानिसका हातहरू सहानुुभूति देखाउन पनि लम्कन सकेनन् ।
बाँचुुन्जेल मानिसकै सेवा गरिरहेको त्यो घोडाको दोष के थियो र मानिस यति निर्दयी बनेको होला ?
पशु, पक्षी र जनावरप्रति मानिसको व्यवहारको यो शृङ्खला निकै लामो छ । केही दिन अघि तराईको कुनै जिल्लामा एउटा घाइते र अपाङ्ग वृद्ध घोडालाई काम गर्न नसक्ने भएपछि उसको मालिकले जङ्गलको बीचमा एक्लै ल्याएर छोडिदियो ।
सामाजिक सञ्जालमा त्यो तस्बिर भाइरल भएपछि पशु अधिकारकर्मीहरूले उसलाई त्यहाँबाट उद्धार गरेर काठमाडौं ल्याए । अहिले त्यो घोडाको राम्रो स्याहार–सुुसार भइरहेको छ ।
मोमोको कच्चा पदार्थ बनाउन काठमाडौं ल्याइएका राँगा–भैंसीहरूलाई अत्यन्त निर्दयतापूर्वक गाडीमा राखिएको कुरा थाहा पाएपछि पशुु अधिकारकर्मीहरूले थानकोटमा पुुगेर ती राँगाहरूको उद्धार गरेको विषयले निकै चर्चा पायो । सरम नभएका व्यवसायी भनाउँदाहरूले उल्टै पशुु अधिकारकर्मीहरूलाई धम्क्याएको विषय पनि चर्चामा थियो ।
एउटा उरन्ठेउलो केटोले आफ्नो टिकटक मोह पूरा गर्न कुकुुरको कान निमोठेको दृश्यले धेरैको मन–मस्तिष्कमा पीडाको चोट थोपरिदियो । कुुकुुर चिच्याइरह्यो, उरन्ठेउलोले कान निमोठिरह्यो । किनभने टिकटक मोहमा उसले आफ्नो मानवीय चेतना गुमाइसकेको थियो ।
अर्को कुुनै जिल्लामा खच्चडलाई काठको अत्यधिक भारी बोकाएर पहाड उकालेको परिदृश्यले धेरैको मनमा नमिठो चस्का पसेकै हो ।
सम्बन्ध एउटा यस्तो शब्द हो जहाँ अर्थका असंख्य भण्डार छन् । सम्बन्धको व्याख्या फरक–फरक छन् । सम्बन्धको भूगोल बृहत् छ । सम्बन्धको परिभाषा र परिवेश अपत्यारिलो लाग्छ । सम्बन्धले जात, धर्म, सम्प्रदाय, संस्कृति, संस्कार, लिङ्ग, वर्ण, भाषा, भूूगोल वा प्राकृतिक उत्पत्तिको समेत विभेद गर्दैन ।
प्राणीको चेतना, भावना, मानसिकता जस्ता कुराले सम्बन्धलाई निर्धारण गरेको हुुन्छ । जैविक विविधता भएको विश्वमा चराचरजगत बीच हरेकको सम्बन्ध हरेकसँग सुुमधुुर वा द्वन्द्वात्मक रहेको पाइन्छ । मानिस– मानिस बीचको सम्बन्ध, जनावर, रूख–बिरुवा वा प्रकृतिका अन्य जीवात्मासँगको सम्बन्ध अगाध वा अत्यासलाग्दो पाइन्छ ।
मानिस र जनावर बीचको सम्बन्ध नियाल्ने हो भने सत्ययुुगदेखिकै किंवदन्ती खोतल्नुपर्छ । महादेवको साथी साँढे गोरु थियो, कुमारलाई मयूूरले कैलाश पर्वत घुुमाएको हो, मुुसाको ज्ञानबाटै गणेशले सर्वश्रेष्ठता हासिल गरे ।
त्रेता युुगमा रामलाई हनुुमानको बलियो साथ रहेकोले सीताको उद्धार हुुनसक्यो । द्वापर युुगमा कृष्णले गाईसँगको सामीप्यताबाटै बाँसुरीको मधुरता छर्नसके । कलियुुगमा पनि मानवताको श्रेष्ठ सवारमा यो सम्बन्ध आत्मीय छ । फरक यत्ति हो, कलियुुगमा चेतना र भावनाका अङ्कुरण हिउँको चिसोमा ठूूटो बन्दै गएको छ । जलवायु परिवर्तनको असर मानिसको चेतना र भावनाको अङ्कुरणमा छरपस्टिएको छ ।
मानवताको बलियो मुट्ठी उज्याउने कलियुुगका आत्मीयहरूले बागमतीको भेलमा अलपत्र तीन वटा कुकुुरको उद्धार गरेको प्रमाण चेतनशील भावनाको तृप्त परिवेश बन्यो । सामाजिक सञ्जालमा पोष्ट भएका ती उत्साहित परिदृश्यले धेरैको मन–मस्तिष्कमा चेतनाको दीप प्रज्वलित गरिदियो ।
तर विडम्बना ! भावनाको यो आत्मीय शृङ्खलाले निरन्तरता पाउन सकेन । केही प्रतिनिधि पात्रको रूपमा उदाएका यस्ता चेतनशील विगुललाई अमानवीय बर्बर शंखघोषले धुुमिल गरिदिएको छ । जनावरमाथिको अत्यासलाग्दो बर्बरताले मानवीयताको सीमा पर्खाल हल्लाइदिएको छ । यो पर्खाल ढल्यो भने यसले क्रूरताको भेल हुुल्नेछ, अनि मानवीयताको बस्तीलाई श्मसानघाट बनाइदिनेछ ।
अहिले धेरैले यस्ता परिदृश्यहरूलाई कलियुुग भनेर पन्छाउने समेत गरेका छन् । तर के हामी सधैं यसैगरी पन्छिएर जनावरप्रतिको क्रूरताको साक्षी भइरहने हो ? कलियुुगमा सबैलाई, सबै कुरा गर्ने छुुट मिल्छ ? युुगलाई दोष थोपरेर पानीमाथिको ओभानो बन्ने छुट मानिसलाई छैन । त्यसैले त सरकारले पुश–पक्षी विरुद्धको अपराधमा पनि कानुनी सजायको व्यवस्था गरेको छ ।
मुुलुुकी अपराध संहिता– २०७४, मुुलुुकी फौजदारी कार्यविधि संहिता– २०७४ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन– २०७४ को परिच्छेद– २७, पशुपक्षी सम्बन्धी कसुरको २८९ मा गाई, गोरु मार्न वा कुुट्न नहुुने, २९० मा पशुुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने र २९१ मा सार्वजनिक स्थलमा पशुु वा पक्षी मार्न नहुने व्यवस्था गरेको छ । यदि कसैले २८९ विरुद्धको गतिविधि अन्तर्गत गाई, गोरु मारेमा तीन वर्षसम्म कैद र चोटपटक पुु¥याएमा ६ महिनासम्म कैद र ५० हजार जरिवाना हुुने कानुनी व्यवस्था गरिएको छ ।
त्यसैगरी २९० विरुद्धको कसुुर गरेमा तीन महिनासम्मको कैद र पाँच हजारसम्म जरिवाना वा दुुवै सजाय हुुने कानुनी व्यवस्था गरिएको छ भने २९१ विरुद्धको कसुुर गरेमा पनि तीन महिनासम्मको कैद र पाँच हजारसम्म जरिवाना वा दुुवै सजाय हुुने कानुनी व्यवस्था गरिएको छ ।
कानुनले व्यवस्था गरेअनुसार २८९ अन्तर्गत गाई, गोरु मार्नेलाई कानुनी सजाय भएका धेरै उदाहरण छन् । तर २९० र २९१ अन्तर्गतको कसुर गर्नेलाई सजाय भएको उदाहरण असाध्य कम छ । पशुुपक्षीलाई कुुटपिट गर्ने, यातना दिने वा चोटपटक लगाउनेलाई सजाय दिने बेला धेरैले ‘पशुु त हो नि’ भनेर मानिसलाई नै प्राथमिकता दिने गरेको पाइन्छ । त्यसैले पनि मानवीयता क्रमशः स्खलित हुँदै गएको छ । मानिसहरू चेतनाशून्य र क्रूर बन्दै गएका छन् ।
मानिसमा मात्र हैन पशुुपक्षी, जनावर वा चराचर जगतमा ढुुकढुुकी, भावना, चेतना, इमानदारी र आत्मीयता छ, त्यसैले उनीहरूसँग पनि जीवन छ । फेरि यो विभेद किन ? हरेक प्राणीको जीवनप्रतिको मोह हुुन्छ, खुुसी, अपनत्व, पीडा वा भावना हुुन्छ । त्यसैले स्नेह चेतनशील प्राणीको कर्तव्य हो । हरेक प्राणीसँग स्नेह गरौं, सकिन्न भने पीडा दिने काम पनि नगरौं र कसैले पीडा दिएको देख्नुु, सुुन्नुु वा थाहा पाउनुुभएको छ भने कानुनी कारबाहीको लागि तत्परता देखाऊँ । युुगलाई दोष दिएर भावनाको सौदा गर्नु अपराध हो !
प्रतिक्रिया 4