+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाले सुरु गरेको ‘आत्मनिर्भर नेपाल अभियान’ के हो?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:२८
फाइल फोटो ।

१० भदौ, काठमाडौं । नेपाली उत्पादनको प्रर्वद्दन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । अभियान मार्फत रास्वपाले उत्पादित वस्तु उत्पादन तथा बजारीकरणमा भएका नीतिगत असहजता हटाउने गरी कार्य प्रारम्भ भएको जानकारी गराएको छ ।

‘नेपाली उत्पादनहरुले बजार नपाएको गुनासोलाई यस अभियानले प्रत्यक्ष सम्बोधन गर्ने उद्देश्य राखिएको छ,’ अभियानको उद्देश्यबारे रास्वपाले भनेको छ, ‘नेपाली उत्पादनहरुलाई सम्भाव्य विश्वबजारमा पु¥याउन समेत मद्दत गर्नेछ ।’

आत्मनिर्भर अभियान माफर्त नेपाली उत्पादन, कृषि क्षेत्र, आर्थिक सुधार, आयुर्वेद, प्रविधि, हार्डवेयर÷माइनिङ लगायतमा कार्य गरिने रास्वपाले जनाएको छ । नेपालमा उपलब्ध कृषिजन्य तथा वनजन्य कच्चा पदार्थको व्यवसायीक उत्पादन र प्रर्वद्दनमा देखिएका समस्याको समाधानका लागि आवश्यक नीति निर्माणका कार्य गर्ने रास्वपाले जानकारी गराएको छ ।

युवाहरुलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने, सीपमुलक तालिमको व्यवस्था गर्ने, उत्पादित वस्तुको आन्तरिक व्यवस्थापन र बजारीकरण एवं गुणस्तरमा जोड दिने आत्मनिर्भर अभियानको उद्देश्य छ । लगानीमैत्री वातावरण, अव्यवहारिक नीतिगत सुधारको पहल अभियानले गर्नेछ ।

‘नीतिगत समस्या हटाउन, उत्पादित बस्तुको बजारीकरण, आत्मनिर्भर बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो,’ केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीले भने,‘सरोकारवाला, विज्ञसँग छलफल गरिने निरन्तरको प्रक्रिया हो ।’ अभियान प्रदेश तहमा पनि सुरु गरिने पराजुलीले जानकारी गराए ।

अभियानको संयोजन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी दिइएको छ । नेताहरु गणेशपराजुली, डा.प्रभात अधिकारी, मनिष झा, रामकृष्ण भट्टराई र अशोककुमार चौधरीलाई आत्मनिर्भर अभियानका लागि पार्टीले जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?