
काठमाडौं । एनआईसी एसिया बैंकले दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड अन्तर्गतको ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड पाएको छ ।
बेस्ट इन डिजिटल बैंकिङ अवार्डले बैंकलाई थप पे्ररणा मिलेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड अन्तर्गत २३ अगस्ट २०२४ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपाल सहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।
यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
अवार्डका लागि उत्कृष्ट बैंक छनोट गर्न इन्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।
प्रतिक्रिया 4