+

जिंक शरीरलाई किन जरुरी हुन्छ ?

२०८१ भदौ  १७ गते १३:०६ २०८१ भदौ १७ गते १३:०६
जिंक शरीरलाई किन जरुरी हुन्छ ?

शरीरलाई राम्रोसँग काम गर्न पोषक तत्त्व चाहिन्छ । खानाको माध्यमबाट पोषक तत्त्वहरूले शरीरलाई स्वस्थ राख्न, अंगहरुलाई राम्रोसँग काम गर्न र रोगहरूबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

शरीरलाई आवश्यक पर्ने तत्त्वमध्ये पोटासियम, म्याग्नेसियम र आइरन जस्तै जिङ्क पनि एक हो । शरीरका धेरै कार्यमा यसको विशेष योगदान रहेको हुन्छ । शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन जिङ्कको महत्वपूर्ण भूमिका हुन्छ ।

जिङ्क एक खनिज हो, जुन शरीरको धेरै सामान्य कार्य र प्रणालीका लागि आवश्यक हुन्छ । प्रतिरक्षा प्रणाली, घाउ निको पार्ने, रगत जम्ने, थाइराइड कार्य, स्वाद र गन्धका लागि यसको भूमिका हुन्छ । साथै जिङ्कले गर्भावस्था, बाल्यकाल र किशोरावस्थामा सामान्य वृद्धि र विकासमा पनि मद्दत गर्छ ।

जिङ्कको कमी भए के हुन्छ ?

कमजोर प्रतिरक्षा प्रणाली

प्रतिरक्षा प्रणाली बलियो बनाउन जिङ्कको महत्वपूर्ण भूमिका हुन्छ । यस खनिजको कमीले प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ ।  जसकारण श्वासप्रश्वासको संक्रमण, पाचननली सम्बन्धी रोग र छालाको सङ्क्रमणको उच्च जोखिम हुन्छ ।

ढिलो घाउ निको

जिङ्कले घाउ निको पार्ने प्रक्रियामा कोषिकाको वृद्धि र तन्तुको मर्मतमा महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरमा जिङ्कको कमी भयो भने यो प्रक्रियामा बाधा पुग्छ, जसले गर्दा घाउ निको हुन ढिला हुन्छ । यसकारण चोटमा संक्रमणको जोखिम बढ्न सक्छ ।

शारीरिक विकास समस्या

जिङ्क शारीरिक विकासका लागि आवश्यक हुन्छ, बच्चाहरूलाई विशेषगरी बाल्यकाल र किशोरावस्थामा यसको आवश्यकता हुनसक्छ । जिङ्कको कमीले बालबालिकाको विकासमा बाधा पुग्न सक्छ । साथै, बालबालिका किशोरावस्थामा पुग्दैनन् ।

हाइपोगोनाडिजम

जिङ्कले प्रजनन् स्वास्थ्य लगायत हर्मोन स्तरहरू नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । जिङ्कको कमीले हाइपोगोनाडिजम निम्त्याउन सक्छ, यस्तो अवस्थामा पुरुषहरूमा टेस्टोस्टेरोन उत्पादन कम हुन्छ र महिलाहरूमा मासिक धर्म अनियमित हुन्छ ।

स्नायु प्रणाली सम्बन्धी समस्या

जिङ्कले मस्तिष्कको कार्य र संज्ञानात्मक विकासमा पनि भूमिका खेल्छ । जिङ्कको कमीले स्नायु प्रणाली सम्बन्धी विकारहरू जस्तै संज्ञानात्मक हानि, स्मरण शक्ति हानि र चिन्ता विकारहरू निम्त्याउन सक्छ ।

जिङ्कको स्रोत

फर्सीका बीज, तिल, आलस आदिमा राम्रो मात्रामा जिङ्क पाइन्छ । साथै काजु, बदाम जस्ता ड्राइफ्रुट्समा पनि जिङ्क पाइन्छ ।

दुग्धजन्य पदार्थ दूध, पनिर तथा दहीमा पनि जिङ्क एकदमै राम्रो मात्रामा पाइन्छ । शरीरमा जिङ्कको कमी पूरा गर्न दुग्धजन्य पदार्थ आफ्नो खानपानमा समावेश गराउन सकिन्छ ।

जिङ्कको कमी पूरा गर्न खानपानमा तरकारी पनि राम्रो मात्रामा खानुपर्छ । यसका लागि मटर, पालक, ब्रोकाउली जस्ता तरकारी खान सकिन्छ ।

माछा फ्याटी एसिड र ओमेगा-३ को राम्रो स्रोत मानिन्छ । यस बाहेक माछामा जिङ्कको मात्रा पनि प्रशस्त पाइन्छ । साथै अण्डामा पनि जिङ्कको मात्रा हुन्छ । यसमा पाइने ल्युटिनले छालाको लचकतामा पनि सुधार गर्न सक्छ ।

 

जिंक शरीर स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली