+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेयर बजारमा हालसम्मकै उच्च मूल्य पुगेका यी ५ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ९:२३

१८ भदौ, काठमाडौं । यतिबेला सेयर बजारमा ५ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । बजार अघिल्लो दिन ४.७२ प्रतिशत बढ्दा यी ५ कम्पनीले भने उच्च मूल्य रेकर्ड बनाएका हुन् ।

मितेरी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, राधि विद्युत् कम्पनी, रिभर फल्स पावर र एनएलजी इन्स्योरेन्स हालसम्मकै उच्च मूल्यमा पुगेका हुन् । यसअघि बोनस वा हकप्रद सेयर जारी भएको खण्डमा सो समायोजनपछि यी कम्पनीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो ।

सोमबार बजार बन्द हुँदा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ३.०७ प्रतिशत बढेर ८०५ रुपैयाँ पुगेको छ । त्यस्तै गुडविल फाइनान्स ८.१३ प्रतिशत बढेर १३३० रुपैयाँ पुगेको छ भने राधि विद्युत् कम्पनी २.८९ प्रतिशत बढेर ४६३ रुपैयाँ पुगेको छ । रिभर फल्स पावरको ८.९२ प्रतिशतले मूल्य बढेर ५१३ रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सको १० प्रतिशतले बढेर ११५५ रुपैयाँ मूल्य कायम भएको छ ।

हालसम्मकै उच्च मूल्यमा पुगेका यी ५ कम्पनीमा मितेरीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षसम्म १४ रुपैयाँ ३६ पैसा छ । त्यस्तै राधि विद्युत्‌को ५ रुपैयाँ २८ पैसा, रिभर फल्स पावरको ८ रुपैयाँ ८० पैसा, गुडविल फाइनान्सको १५ रुपैयाँ ६९ पैसा र एनएलजी इन्स्योरेन्सको १६ रुपैयाँ ४६ पैसा छ ।

कम्पनी सोमबारको वृद्धिदर प्रतिशत हालको मूल्य प्रतिसेयर आम्दानी (असार ०८१)
मितेरी डेभलपमेन्ट बैंक ३.०७ ८०५ १४ रुपैयाँ ३६ पैसा
गुडविल फाइनान्स ८.१३ १३३० १५ रुपैयाँ ६९ पैसा
राधि विद्युत् २.८९ ४६३ ५ रुपैयाँ २८ पैसा
रिभर फल्स पावर ८.९२ ५१३ ८ रुपैयाँ ८० पैसा
एनएलजी इन्स्योरेन्स १० ११५५ १६ रुपैयाँ ४६ पैसा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?