+

शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

२०८१ भदौ  २० गते १३:३८ २०८१ भदौ २० गते १३:३८
Shares
शरीरमा भिटामिन बी-१२ कति हुनुपर्छ ?  

भिटामिन बी-१२ को कमी शरीरका लागि हानिकारक हुनसक्छ । किनकि यो भिटामिनले शरीरमा डीएनएको मर्मत, कार्य र रातो रक्तकोषिकाहरुको निर्माणमा मद्दत गर्छ । यस्तो अवस्थामा यसको कमी भएमा शरीरले राम्रोसँग काम गर्न सक्दैन र विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।

यदि भिटामिन बी-१२ को कमी लामो समयसम्म रह्यो भने यसले क्यान्सर पनि निम्त्याउन सक्छ । जब यसको कमी हुन्छ, डीएनए संश्लेषण सुस्त हुन्छ । जसकारण शरीरका कोषिकाहरु अनावश्यक रुपमा बढेर क्यान्सर हुनसक्छ ।

भिटामिन बी-१२ शरीरले आफैं बनाउन सक्दैन । अर्थात् यसको मात्रालाई आहारबाट सन्तुलनमा राख्नुपर्छ ।

शरीरमा कति हुनुपर्छ भिटामिन बी१२ ?

पुरुष र महिलाको शरीरमा भिटामिन बी-१२ को सामान्य स्तर २०० पीजी/एमएलदेखि ९०० पीजी/एमएलको बीचमा हुन्छ । वृद्धहरूमा यसको स्तर ३०० देखि ३५० पीजी/एमएलको बीचमा हुन्छ । जब शरीरमा भिटामिन बी-१२ को स्तर कम हुन्छ, विभिन्न लक्षणहरु देखा पर्छन् ।

भिटामिन बी१२ को कमी हुँदा देखिन्छन् यस्ता लक्षण

तीव्र रुपमा शरीरको वजन घट्नु, मुटुको धड्कन तीव्र हुँदै जानु, श्वास फुल्ने समस्या उत्पन्न हुनु, थकान तथा कमजोरी महसुस हुने, कब्जियतको समस्या उत्पन्न हुने, स्मरण शक्ति कमजोर हुने, पाचन क्रियामा गडबडी, टाउको दुख्ने, दिसा पातलो हुने र बारम्बार दिसा लाग्ने, रगतको कमी हुने, जीउ पहेंलो बन्दै जाने, हातखुट्टा झमझम गर्ने र जोर्नी दुख्ने शरीरमा भिटामिन बी-१२ कमी भएका लक्षण हुन् ।

भिटामिन बी१२ को कमी भएको जाँच

भिटामिन बी-१२ को कमी भएको वा नभएको भनेर रगतको जाँच गर्नुपर्छ तब मात्र थाहा हुन्छ । त्यसैले कसैलाई लक्षण देखियो भने अस्पतालमा गएर भिटामिन बी-१२ को जाँच गर्नुपर्छ । सामान्यतया भिटामिन बी-१२ को लेभल शरीरमा ३०० पीजीएल भन्दा माथि हुनुपर्छ । जाँच गर्दा कुन लेबलमा आउँछ र त्यही अनुसारले उपचार गरिन्छ ।

भिटामिन बी१२ पाइने खानेकुरा

अण्डा

अण्डा भिटामिन बी-१२ को राम्रो स्रोत हो । भिटामिन बी-१२ को दैनिक आवश्यकताको लगभग ४६ प्रतिशत दुई ठूला अण्डाबाट पूरा गर्न सकिन्छ । भिटामिन-१२ को साथै यो प्रोटिनको पनि राम्रो स्रोत हो ।

दही

शाकाहारी व्यक्तिलाई अण्डा, माछामासु खानुहुन्न भने दहीको सहयोगले भिटामिन बी-१२ को कमीलाई पूरा गर्न सकिन्छ । शरीरमा भिटामिन बी-१२ को आपूर्ति गर्न दही उत्तम विकल्प हुनसक्छ ।

माछा

छाला र कपालका लागि फाइदाजनक माछा भिटामिन बी-१२ को पनि राम्रो स्रोत हो । सार्डिन, टुना, ट्राउट वा साल्मन जस्ता माछामा भिटामिन बी-१२ र अन्य पोषक तत्त्व प्रशस्त हुन्छन् ।

चीज

भिटामिन बी-१२ को आपूर्ति गर्न आहारमा दुग्धजन्य उत्पादन पनि समावेश गर्न सकिन्छ । यो भिटामिनको केही मात्रा पनिरमा पनि पाइन्छ ।

मासु

कुखुराको मासु पनि भिटामिन बी-१२ को राम्रो स्रोत हो । तयार गर्न सजिलो र खान स्वादिष्ट, कुखुराको मासु प्रोटिन र फ्याटको राम्रो स्रोत हो ।

दूध

दूध क्याल्सियमको राम्रो स्रोत हो । साथै क्याल्सियम बाहेक यो प्रोटिन, मिनरल्स र भिटामिन बी-१२ को राम्रो स्रोत हो ।

माछामासु नखानेले कसरी भिटामिन बी-१२ लिने ?

जमिनभित्र वा माटोमा फल्ने खानेकुरा जस्तो- आलु, गाँजर, मुला, तरुलमा भिटामिन बी १२ पाइन्छ । त्यसै गरी गोलभेंडा, हरियो साग, बदाम, ओखर, अङ्गुर, हरियो केराउ, दाल, मेवा, नरिवल, दही लगायत खानेकुरा खान सक्छन् ।

यस बाहेक दूध र दूधबाट बनेका परिकार जस्तै दूध, दही, पनिर, नौनी आदि खानुपर्छ । अरू केही नभए भिटामिन बी १२ सप्लिमेन्ट चिकित्सकको सिफारिसमा किनेर खान सकिन्छ ।

 

आयुष अधिकारी पोषण भिटामिन बी-१२
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?