+

नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

२०८१ भदौ  २१ गते १७:४१ २०८१ भदौ २१ गते १७:४१
नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एण्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित भएका छन् । सेप्टेम्बर २ देखि ४ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ट्रिपल ई अवार्ड्समा उनी ‘मोस्ट एन्गेज्ड एकेडेमिक अफ द इयर’ विधामा शीर्ष पाँचमा परेका हुन् ।

उक्त अवार्ड कार्यक्रममा भारतकी मनिषा सिंह, अस्ट्रेलियाकी ऋचा अवस्थी, चीनकी मिनियोङ ली र सिंगापुरकी युआन्तुओ कुस्नादी पनि उत्कृष्ट पाँचमा परेका छन् । चिकित्सा शिक्षामा एक दशकभन्दा बढीको अनुभव भएका डा. सिंहले नेपालमा चिकित्सा र शैक्षिक क्षेत्रलाई अगाडि बढाउने काम गरेका छन् ।

उनकै पहलमा ‘नेपाली डाक्टर लाउन्ज’ स्थापना भएको छ, जुन स्वास्थ्यकर्मीहरुलाई जोड्ने र प्रशिक्षण तथा स्वास्थ्य सेवा अभ्यास सुधारका लागि महत्वपूर्ण प्लाटफर्म बनेको छ ।

डा. सिंहले प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नलमा नौवटा शोधपत्र प्रकाशित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त तीनवटा पुस्तक पनि लेखेका छन् । उनले शैक्षिक कार्यको अतिरिक्त भूकम्प र कोरोना महामारीको समयमा महत्वपूर्ण कार्य गरेका थिए ।

अवार्ड चिकित्सा क्षेत्र विवेक सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

राति ८ बजेपछि खाना खानहुन्छ ? हुन सक्छन् यस्ता स्वास्थ्य समस्या

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

बुद्ध एयरका कर्मचारी र रोयल क्लब सदस्यलाई नेशनल प्याथ ल्याबमा विशेष छुट

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

खुल्यो अस्पतालको ओपीडी सेवा, बिरामीलाई राहत (तस्वीरहरू)

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?

देखासिकीको जोखिम : आत्म*हत्याका घटनालाई कसरी प्रस्तुत गर्ने ?