+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१०६ बलमा १५३ रन आवश्यक
चितवन राइनोज 2025
17/1 (2.2)
Shares

टेकुमा सप्तऋषिको पूजा, हेर्नुस् ७ तस्वीर

आर्यन धिमाल आर्यन धिमाल
२०८१ भदौ २३ गते ९:०९

२३ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।

यस अवसरमा टेकुको ऋषेश्वर मन्दिरमा पूजा गर्ने महिलाहरुको घुइँचो छ ।

यस दिन व्रतालु महिलाहरुले बिहानै उठेर नुहाइधुवाइ गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिहरूको पूजा गर्दछन् ।

३६५ वटा गनेका पूजा सामग्रीहरू जस्तै अक्षता, जौं, तिल, फूल, बत्ती, पान, सुपारी आदिद्वारा पूजाआजा गरेपछि दिउल (बियाँ) नफुटेको खानेकुरा जस्तै सामा, कागुनो, कर्कलो, आलु, तरुल, तामा आदि खाई एकछाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ ।
यसरी स्नान गरी सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ । सप्तऋषिको पूजासँगै तीज व्रत पनि समाप्त हुने मान्यता छ ।

सप्तऋषिको पूजा गर्ने व्रतालुहरुको पशुपतिनाथ मन्दिर परिसर, टेकुको ऋषेश्वर मन्दिर लगायतका क्षेत्रमा घुइँचो छ । पूजापछि व्रतालुहरु नाचगान गरिरहेका छन् ।

हेर्नुहोस् टेकु क्षेत्रका तस्वीर:

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?