
२४ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ईन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।
ईन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा आज सरोकारवाला निकायहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई रु पाँच करोडबाट बढाएर रु १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाए ।
उहाँले ईन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।
मन्त्री पाण्डेले जात्राको अवसरमा विगतमा देखिएका कमी कमजोरी सच्याएर भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गरे ।
ईन्द्रजात्रा आगामी असोज १ गते मनाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4