२५ भदौ, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनताले विकासको लागि कर तिर्छ । तर, जनताले अहिले लुट र ब्रमलुट देखिरहेका छन्’ उनले भने ।
सरकारी उद्योग घाटामा वा बन्द हुने तर निजी उद्योग फस्टाउने गरेको बताए । नामै नसुनेका कर जनताले तिर्नुपर्दा समेत महंगी बढेको उनले बताए । कर प्रणालीमा सुधार गरे अर्थतन्त्रमा सुधार हुने उनको सुझाव छ ।
राज्यसँग आम्दानीको स्रोत रहेको तर, सरकारी उद्योग र संस्थानहरु नै घाटामा रहनु मिल्दो नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4