+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

ब्रिटिस कलेज र ई–वर्कसबीच साझेदारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २६ गते १७:५५

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) ले ग्लोबल आईटी कम्पनी ई–वर्कससँग साझेदारीको घोषणा गरेको छ ।

अध्ययनरत र पूर्वविद्यार्थीको ज्ञानको दायरालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ ब्रिटिस कलेजले महत्त्वपूर्ण साझेदारी गरेको कलेजले जनाएको छ ।

ई–वर्कस्ले सफ्टवेयर डिभलपमेन्ट, डेटा–ड्रिभन डिजिटल मार्केटिङ र क्रिएटिभ डिजाइनका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

नवीन र उत्कृष्टता सेवा प्रदान गर्दै आइरहेको ई–वर्कस् विश्वभरका सेवाग्राहीलाई उच्चस्तरीय सेवा प्रदान गर्ने संस्था हो ।

बेलायतको लन्डनमा स्थापना भएको ई–वक्र्सले नेपालमा पनि शाखा विस्तार गरेसँगै ब्रिटिस कलेजले विद्यार्थीलाई ग्लोबल एक्सपोजर दिनका लागि साझेदारीको घोषणा गरेको हो ।

ई–वर्कस्को कुल कर्मचारीमध्ये २० प्रतिशत ब्रिटिस कलेजका ग्राजुयटहरू हुन् । क्षमतावान् भएकै कारण विद्यार्थीहरूले यो अवसर प्राप्त गरेका हुन् ।

ई–वर्कस्जस्तो कम्पनीमा काम गर्ने अवसर प्राप्त गरेको कारण पनि टीबीसीका ग्राजुयटहरू कस्तो छन् भन्ने प्रमाणित भएको छ ।

साझेदारीसँगै कलेजका विद्यार्थीहरूले ई–वर्कस्मा इन्टर्नसिप गर्ने मौका समेत पाउनेछन् । यस अवसरले शैक्षिक क्षेत्रको उत्पादन र उद्योगको आवश्यकताबीचको ग्यापलाई पूरा गर्न मद्दत पुर्‍याउने कलेजको विश्वास छ ।

‘यो साझेदारी हामीले गरेका प्रतिबद्धताहरु पूरा गर्न मात्र नभई विद्यार्थीको भविष्य उज्वल बनाउन पनि उत्तिकै महत्त्वपूर्ण छ,’ कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले भने, ‘हाम्रो शैक्षिक उत्कृष्टतालाई अझै बढावा दिन ई–वर्कस्जस्ता कम्पनीहरूसँग सहकार्य गरेर सूचना प्रविधिको क्षेत्र र अर्थतन्त्रका लागि फाइदा पुग्ने गतिविधिहरू सञ्चालन गरिरहेका छौं ।’

त्यस्तै, अमेरिकामा पनि शाखा कार्यालय रहेको ई–वर्कस्का सीईओ जोन पार्कले भने, ‘ब्रिटिस कलेजका ग्राजुयटहरूसँग काम गरिहँदाको अनुभव राम्रो भइरहेको छ । यस औपचारिक साझेदारीले कलेजसँगको सम्बन्धलाई अझै गहिरो बनाउन र भविष्यका आईटी क्षेत्रका प्रतिभालाई अवसर प्रदान गर्ने बाटो खुलेको छ । हामी विश्वमा प्रचलित नवप्रवर्तन र नयाँ दृष्टिकोणबारे विद्यार्थीले राख्ने धारणा बुझ्न उत्साहित छौं ।’

ब्रिटिस कलेजले ७० भन्दा बढी अग्रणी फिनटेक कम्पनीहरुसँग पार्टनरशिप गरेको छ । जसबाट विद्यार्थीहरुले नेपाल तथा विदेशमा प्लेसमेन्टको अवसरहरु प्राप्त गरेका छन् । ई–वर्कस्मा पनि विद्यार्थीहरुले इन्टर्नशिप सुरु गरिसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा सूचना–प्रविधि क्षेत्रले वार्षिक २ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दा १ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रलाई बढावा दिइरहेको बेला यस्ता सहकार्यले विशेष योगदान पुर्‍याउने ब्रिटिस कलेजको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?