
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका-२ निवासी खातावाल सुष्मा श्रेष्ठको दुर्घटनामा परेर मृत्यु भएको थियो । सुष्माको मृत्यु भएपछि उनका श्रीमान इन्द्रनारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सानिमा जीआईसी इन्स्योरेनस लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंकले रकम भुक्तानी गरेको हो ।
कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।
यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।
सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिन्छ ।
प्रतिक्रिया 4