+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ११:०५

९ असोज, काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् ।

गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ ठाउँमा जितिया महोत्सवको आयोजना गरिएको छ । काठमाडौं उपत्यकामा भने थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरे छन्। थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सां‌स्कृतिक विकास मञ्‍चले ललितपुरको कुप्णडोलमा एकै दिन जितिया महोत्सव आयोजना गरेका हुन।

हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइने थारू महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीको भनाइ छ ।

मुख्यतः पु्वी झापादेखि पश्चिम नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ।

हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन्। परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ ।

कसरी मनान्छ जितिया ?

वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना ( खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।

जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?