+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १४:२२

९ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानडाका लगानीकर्ता समक्ष नेपालको जलविद्युत् क्षेत्रका लगानी गर्न आह्वान गरेका छन् ।

क्यानडाका ड्याम एसोसिएसनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको बताए ।

४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको जानकारी दिए ।

१० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेको बताए ।

उनले अगाडि भने, “सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ । यसका लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानडाका लगानीकर्तालाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हासिल गर्न आग्रह गर्दछु ।’

नेपालमा विद्युत् उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातका लागि पहल भइरहेको बताए ।

अहिले भारतमा १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए ।

४० मेगावाट विद्युत् थोरै लागेपनि बंगलादेशको विद्युत् माग पूरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए ।

दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई कार्कीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?