+
+

नेपाल हस्पिटालिटी कन्क्लेभ भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १३:३१

९ असोज, काठमाडौं । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करणको तयारी पूरा भएको होटल संघ नेपालले जनाएको छ ।

नेपाली आतिथ्यता क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको सम्मेलन बिहीबारदेखि सुरु हुनेछ ।

काठमाडौंको बूढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियर होटलमा सञ्चालन हुने सम्मेलन ११ असोजसम्म चल्नेछ ।

सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय  होटलहरूको नेतृत्व, , सेवाप्रदायक लगायत यस क्षेत्रसँग सम्बन्धित करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरूलाई एकै छानामुनि ल्याउने पनि संघले जनाएको छ ।

दुई दिनसम्म चल्ने यस कार्यक्रमको क्रममा आतिथ्यता क्षेत्रसँग सम्बन्धित नेपालमा होटलहरूको वर्तमान अवस्था, समस्या एवम चुनौती, नयाँ चालचलन एवम् अभ्यास, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयमा छलफल हुने भएको छ ।

यस दुई दिने कार्यक्रमबाट उठेका विषयवस्तु स्वेतपत्र बनाई सरकारी तथा सम्बन्धित निकायमा बुझाइने पनि होटल संघ नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?