+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अशोक दर्जीलाई लिएर फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १२:०३

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म निर्माण गर्ने भएक छन् ।

बुढाथोकीले आइतबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिएका छन् ।

फिल्मलाई बुढाथोकीले नै निर्माण तथा निर्देशन गर्ने प्रेषित विवरणमा उल्लेख छ । लक्ष्मी गिरी कार्यकारी निर्माता रहने यो फिल्ममा विनय अधिकारी सहनिर्माता हुनेछन् ।

सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । रमेश बिकको पनि डेब्यु हुँदैछ । निर्देशक बुढाथोकीले बिकलाई अनुबन्धित गरेको जनाकारी दिए । पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन् ।

तिहारपछि छायांकन थालिने यो फिल्मका लागि महिला कलाकार फाइनल गर्ने तयारी छ ।

बुढाथोकीले आफ्नो संगीतमा ६ वर्षअघि गीत ‘मनबिनाको धन ठूलो कि’ सार्वजनिक गरेका थिए । यो गीतलाई अहिलेसम्म युट्युवमा २ करोड ९० लाख पटक हेरिएको छ ।

उक्त गीतबाट अशोक दर्जी एकाएक चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?