+
+

सफ्टवेरिका कलेजले गर्‍यो ‘रोबो वारियर्स लिग’ तालिका परिवर्तन 

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ९:१८

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सको आयोजनामा हरेक आइतबार हुँदै आइरहेको ‘रोबो वारियर्स लिग’ यस पटक मंगलबार आयोजना हुने भएको छ । भारी वर्षाका कारण पूर्वनिर्धारित खेल प्रभावित भएपछि कलेजले खेल तालिका परिमार्जन गरेको हो ।

यससँगै विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न आयोजना गरिएको रोबो वार ब्याटल लिगको
कलेजका अनुसार चौथौ हप्ताको खेल मंगलबार १५ असोज २०८१ मा हुनेछ । कलेजले विगत एक महिनादेखि ६ महिना लामो रोबो वार ब्याटल लिग चलाइरहेको छ ।

यस लिग काठमाडौंको डिल्लीबजार स्थित कलेज परिसरमा नै सञ्चालन हुँदै आइरहेको छ ।

लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ वटा रोबोटहरूलाई एकआपसमा प्रतिष्पर्धा गराइने छ । ती रोबोट बनाउन विद्यार्थीहरूलाई प्रविधि, शिक्षा लगायत अन्य क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संघसंस्थाहरूले प्रायोजन गरेका छन् । यसरी प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्छन् ।

प्रायोजक कम्पनी तथा संस्थामा डिजी स्कुल ग्लोबल, स्टोर हाउस नेपाल, हाम्रो खेलकुद, ग्लाम हाउस स्टुडियो, यूके कलेज, क्वालिटी बीच रिसोर्ट, रामेश्वर इन्टेरियर्स, सनवे कलेज, अनलाइन ल्यापटप पसल, ब्रोडवे इन्फोसिस हुन् ।

त्यसैगरी सेरेस अटोमोटिभ (एलएलआर), कोइराला साउन्ड्स एन्ड लाइट्स, हिमालयन ग्रुप, टेक एन्ड ट्रेन्डी, चाङ्गुनारायण नगरपालिका, श्रेय ग्रुप कन्सल्टेन्सी, डाँफेलिङ्क, भायानेट कम्युनिकेसन, होटल डायमन्ड प्यालेस, द फ्रेन्ड्स क्याफे, इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए), युनिक्याम्पस ग्लोबल लगायतका कम्पनीले पनि विद्यार्थी समूहलाई सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?