२३ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए ।
सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी दलका नेता समेत रहेका प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति भएको बताए । ‘भुटानमा जुन किसिमिको स्वागत भयो र त्यसपछि जुन किसिमको राजनीतिक अभिव्यक्ति आयो, संकटकै निरन्तरता ठान्छु’, उनले भने, ‘कहाँ पुगेर कसरी अभिव्यक्त हुन्छ भन्ने त अहिले फोरकास्ट (भविष्यवाणी) गर्न सकिँदैन ।’
साथै नेपालमा राजतन्त्र फर्किन्छ भन्ने आफूलाई नलागेको समेत माओवादी अध्यक्ष प्रचण्डले बताए ।
गणतन्त्रमा गइसकेका जनता सजिलै राजतन्त्रतिर फर्किएको विश्व इतिहासमा अपवाद मात्र भएको भन्दै उनले भने, ‘वर्तमान राजा र उनको परिवारका कारण पनि त्यो सम्भव छैन ।’
प्रतिक्रिया 4