+
+
दशैं-बसैं :

काठमाडौंका सडकमा सवारी चाप ह्वात्तै घट्यो (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज २५ गते १९:५४

२५ असोज, काठमाडौँ। करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ ।

काठमाडौंका मुख्‍य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।

काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रूटमा निशुल्क सवारी सञ्चालन गरेको छ ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले बताएका छन्।

उनले अनलाइनखबरसँगभने, ‘ हामीले १८ लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरेका थियौं । तर बाढीपहिरोका कारण एक सातामा जोखिम मोलेर पनि १३ लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । यो आजसम्मको तथ्याङ्क हो।’

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?