+
+

मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १२:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच समझदारी भएको छ ।

वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न दुवै पक्षबीच समझदारी भएको हो ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईडीई नेपालका कन्ट्री डाइरेक्टर प्रजुना केसीले हस्ताक्षर गरे ।

सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास दुवै पक्षले गरेका छ ।

दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरण लगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?