
काठमाडौं । चाडपर्वमा के–के मार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ ।
ग्लोबल आईएमई बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र के–के मार्टको सहकार्यमा क्यासब्याक योजना सञ्चालन गरिएको नेपालपे क्यूआरले जनाएको छ ।
यस योजना अन्तर्गत सीमित समय अवधिसम्म ग्लोबल स्मार्ट प्लस तथा कनेक्टआईपीएसका प्रयोगकर्ताहरूले के–के मार्टका सबै आउटलेटहरूमा नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर ३० असोजसम्म उपलब्ध हुनेछ ।
उक्त अफरमा ग्राहकले अफर अवधिभरि अधिकतम प्रति खाताबाट ३ पटकसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
के–के मार्टमा डाइनामिक क्यूआरको रुपमा उपलब्ध रहेको नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्टआईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो मध्येको एक रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4