 
																			३० असोज, काठमाडौं । दशैं टीकाको दिन काठमाडौं–३२, तिनकुने गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, काठमाडौं–३२ विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट पक्राउ परेका हुन् ।
सीसी टीभी फुटेज र प्राविधिक विश्लेषणका माध्यमबाट खोजतलास गर्दा मंगलबार उनलाई कुपन्डोलमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।
एसपी अधिकारीका अनुसार, विष्टले चलाएको बा ३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए । उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्याएर फरार भएका थिए ।
घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4