
३० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।
‘जिल्ला जिल्लाका व्यावसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ । त्यसलाई एकीकृत गर्ने हो भने पूँजीको कुनै समस्या हुदैन,’ अध्यक्ष ढकालले भने, ‘यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।’
यो डेढ वर्षको अवधिमा लगानी प्रबद्र्धनका लागि देशभित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरिएको उनले बताए । आफूहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको उनको भनाइ थियो ।
नीजि क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको उनले बताए ।
प्रतिक्रिया 4