४ कात्तिक, काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ ।
डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।
७२ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
मिश्रका श्रीमती र एक छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4