काठमाडौं । भारतको जयपुरमा गत अक्टोबर ६ मा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’ अवार्ड जितेकी छन् ।
२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन् । उनलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो ।
रौतहटकी सबी १८ वर्षकी छिन् । प्रतियोगितामा जानुअघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ की विजेता पिङ्की तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । सबीले प्रतियोगितामा राष्ट्रिय पोशाक विधामा तामाङ पहिरन लगाएकी थिइन् ।
परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जीआरका अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो । सबीले शीर्ष उपाधि नजितेपनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गरिन् ।
प्रतिक्रिया 4