५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोल अन्तरले पराजित गरेको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक खेलेको नेपालका लागि रेखा पौडेलले ५ गोल गरिन् भने प्रिती राईले ३ गोल गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा फराकिलो जित दर्ता गरेपछि सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
सोमबारको खेलमा नेपाली खेलाडीहरुले पहिलो खेलमा घाइते भएका आफ्ना टिमका सदस्य हीराकुमारी भुजेल र दीपा शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । उनीहरु भुटानविरुद्धको खेलमा घाइते भएका थिए ।
सोमबारको खेलमा खेलाडीहरुले गोल वर्षा गर्दा खेल हेर्न गएका दर्शकहरु पनि रमाएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4