 
																			६ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।
वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्याएर उडान सुरु गरिएको उनले जानकारी दिए ।
भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ । त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4