+

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको लगातार तेस्रो जित, आत्मघाती गोलमा आर्सनल विजयी

२०८१ कात्तिक  ७ गते ९:५१ २०८१ कात्तिक ७ गते ९:५१
च्याम्पियन्स लिगमा एस्टन भिल्लाको लगातार तेस्रो जित, आत्मघाती गोलमा आर्सनल विजयी

७ कात्तिक, काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले युरोपियन च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको छ । लिग चरणमा एस्टन भिल्लाले शतप्रतिशत नतिजा निकाल्दै लगातार तेस्रो खेल जितेको हो ।

घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा भिल्लाका लागि ५५औं मिनेटमा जोन म्याकगिन र ६४औं मिनेटमा जोन डुरानले गोल गरे ।

यस सिजन लयमा रहेको भिल्लाले यसअघि स्वीस क्लब योङ ब्वाएज र जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको थियो ।

लगातार तेस्रो जितसहित शतप्रतिशत नतिजा निकालेको एस्टन भिल्ला ९ अक जोडेर शीर्ष स्थानमा छ ।

अर्को इंग्लिस क्लब आर्सनलले भने भाग्यको साथ पाउँदा युक्रेनी क्लब साख्तर डोनेस्कलाई १-० ले पराजित गरेको छ ।

आत्मघाती गोलको सहयोगमा आर्सनल विजयी भएको हो । २९औं मिनेटमा साख्तरका गोलकिपर दिमाइट्रो रिजनाएकले आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

आर्सनलका गाब्रीएल मार्टिनेलीले हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो । तर साख्तरका गोलकिपर रिजनाएकले बल रोक्न खोज्दा बल उनलाई लाग्दै गोल भएको थियो ।

दोस्रो हाफमा भने रिजनाएक नायक बने । ७७औ मिनेटमा उनले पेनाल्टी बचाए । युक्रेनका भालेरी बोन्डरले बल ह्यण्ड गरेपछि भिएआरको सहयोगमा आर्सनलले पेनाल्टी पाएको थियो । तर आर्सनलका लिएन्ड्रो ट्रोसार्डको प्रहार साख्तरका गवलकिपर रिजनाएकले बचाए ।

च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको आर्सनल अपराजित छ । ३ खेलमा २ जित  र१ बराबरीबाट ७ अंक जोडेर आर्सनल चौथो स्थानमा छ । मोनाको र स्पोर्टिङ सिएफको पनि समान ७ अंक भएपनि आर्सनल गोलअन्तरमा पछि छ ।

च्याम्पियन्स लिगकै अन्य खेलमा पेरिस सेन्ट जर्मेन र पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेले । इटालियन क्लब युभेन्ट्स जर्मन क्लब भिएफबी स्टुऊर्डसँग १-० ले पराजित भयो ।

पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले स्टुर्म ग्रासलाई तथा स्पानिस क्लब जिरोनाले स्लोभान ब्राटिस्लाभालाई समान २-० ले हरायो ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय