+

माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण

२०८१ कात्तिक  ७ गते १५:५० २०८१ कात्तिक ७ गते १५:५०
माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण

प्रकृतिले खाद्य सामग्रीलाई पनि माटोमुनि लुकाएर सुरक्षित स्थान दिएको छ । यसो हुनुको कारण यी विशेष तरकारीको पौष्टिकता, स्वास्थ्य लाभ र औषधीय गुण हुन् । अदुवा, चुकन्दर, प्याज र सक्खरखण्ड जमिनमुनि उब्जिने केही यस्ता तरकारी हुन्, जसको दैनिक सेवनले शरीरलाई तन्दुरुस्त राख्छ । साथै रोगसँग लड्ने तागत पनि दिन्छ ।

जमिनमुनि किन फल्छन् यी फल ?

जति पनि जमिनमुनि फल्ने फल छन् । ती फल बोटबिरुवाले आफ्नो आहारका लागि आवश्यक खाद्य पदार्थ लिएर बाँकी भएको भाग जरामुनि सञ्चय गरेर राखेको हुन्छ ।

कतिपय बिरुवामा सो जरा विकसित भएर ठूलो आकारको गानो भएर बसेको हुन्छ । कतिपय भने काण्ड नै विकसित भएर गानो बनेर बसेको हुन्छ । जस्तै, अदुवा काण्ड विकसित भएर गानो बनेको हुन्छ । जराले गानोको रुपमा लिने तरकारीहरु लसुन, प्याज, सक्खरखण्ड हुन् ।

रोचक कुरा के छ भने जराबाट विकसित भएका यी फलको बीउ रोप्दा सुरुमा गानो भएर पछि बोटको रुप नलिई सुरुवातमै बोटबाट जीवनचक्र सुरु हुन्छ । बिरुवा विकसित भएपछि प्रकाशको संश्लेषणको मद्दतले खाद्य पदार्थ बनाउँछ ।

यी बिरुवाले आकारको निम्ति सञ्चय गरेका कन्दमूललाई मानिसले उपभोग गर्छन् । जमिनमुनि फलेका खानयोग्य फलमध्ये कतिपय विषाक्त गुण भएका पनि हुन्छन् । अनौठो लाग्ने कन्दमूल प्रशोधन नभई वा जानकारी नभई खान हुँदैन ।

कुन तरकारी खाँदा के फाइदा ?

प्याज

प्याज सबैभन्दा बढी खपत र दैनिक उपभोग हुने माटोमुनि फल्ने खानेकुरा हो । तरकारी पकाउने मुख्य सामग्रीको रूपमा प्याजको प्रयोग हुन्छ । अधिकांशलाई प्याज विना खाना पकाउन पनि जाँगर लाग्दैन ।

काँचै होस् वा पाकेको प्याज सहितको तरकारीको स्वादमा बेग्लै मज्जा छ । मासुमा त प्याज विना पकवानको मिठास खल्लो हुन्छ । स्वाद मात्र होइन, यसमा औषधीय गुण भरिपूर्ण हुन्छ । प्राचीनकालदेखि नै यसलाई औषधी र खाद्य पदार्थ दुवैको रूपमा प्रयोग गर्दै आइएको छ ।

आयुर्वेद अनुसार प्याजमा डिटोक्सको गुण हुन्छ । दैनिक खाएमा शरीरमा भएको विषाक्त पदार्थलाई हटाउँछ । मासुको मात्रा जति प्याज हाल्नुको वैज्ञानिक कारण छ । यसमा र्कोसेटिन तत्वले पाचनरस बढी उत्पादन गरी मासुमा भएको चिल्लो, बोसोलाई पचाउन, सोस्न र चपाउन प्याजले सहयोग गर्छ । प्याजमा फाइबर, भिटामिन ए, सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ ।

एन्टिअक्सिडेन्टका यौगिकहरू नै हुन्, जसले हाम्रा कोषिकाहरूलाई कुनै किसिमको क्षतिबाट जोगाउन सक्छ । दैनिक सय ग्राम काँचो प्याज खाने हो भने टाइप २ मधुमेह भएका व्यक्तिको रगतमा चिनीको मात्रा नियन्त्रणमा ल्याउँछ ।

प्याजमा शक्तिशाली क्यान्सर प्रतिरोधी गुण हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको कोषिकालाई क्षति गर्छ । कोलोन र प्रोस्टेटको क्यान्सरमा यसको प्रभाव राम्रो देखिएको छ । यसको बाह्य प्रयोग पनि हुन्छ । यसमा हुने एन्टी फंगल गुणले छालामा फंगल संक्रमण कम गराउन मद्दत गर्छ ।

प्याजले अनिद्राको समस्या कम हुन्छ । रातमा यो खाएमा मस्तिष्कको गतिविधिलाई सुस्त पारेर निद्रा लगाउँछ । प्याज काट्दा सलफर बन्ने तत्वले काट्दा आँखा पोल्ने गर्छ ।

कसरी खाने ?

प्राय: सबै तरकारीमा प्याज हाल्न सकिन्छ । सलादमा पनि यसको प्रयोग हुन्छ । भातसँग काँचो पनि खान सकिन्छ ।

लसुन

प्याज जस्तै लसुन पनि भान्छामा नछुट्ने समाग्री हो । स्वादसँगै यसमा खनिज, भिटामिन बी–६ र भिटामिन सी जस्तै पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ ।

आयुर्वेदमा लसुनका औषधीय गुणहरूको वर्णन गरिएको छ। यसमा पाइने विशेषयौगिक एलिसिनले रक्तचाप, कोलेस्टेरोल र ट्राइग्लिसराइड्स नियन्त्रणमा रहन्छ । यसले मुटुको स्वास्थ्यमा पनि सुधार गर्छ । लसुन खाँदा हाम्रो रोगप्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले सामान्य रुघाखोकीबाट पनि राहत दिन्छ ।

आयुर्वेदका अनुसार प्याजमा कामोत्तेजक गुण हुन्छ । जसले इरेक्सन समय सुधार्न मद्दत गर्छ ।

कसरी खाने ?

लसुनलाई सुप, सस वा कुनै पनि परिकारमा मिसाएर खान सकिन्छ । यसलाई काँचो पोलेर खाएमा पेट सम्बन्धी समस्यामा राहत मिल्छ ।

गाँजर

जमिनमुनि फल्ने अर्को फल हो  गाँजर । आयुर्वेदमा यसलाई गर्जर भनिन्छ । जुन साग वर्ग अर्थात् सिधै नपकाई खान मिल्छ ।

भिटामिन के, प्रोटिन, सोडियम, कार्बोहाइड्रेट, भिटामिन बी सिक्स, बिटा केराटिन र फाइबर जस्तो पोषक तत्व हुन्छ । आयुर्वेदमा गाँजरको प्रयोग नेत्ररोगमा गरिन्छ । त्यस्तै, खाना नपच्ने, पेट दुख्ने र इरिटेबल बाउल सिन्ड्रोम, ज्वरो आउने, जीउ पोल्ने र जुका पर्ने समस्यामा गाँजरको सेवन लाभदायक मानिन्छ । यसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कसरी खाने ?

यसलाई तरकारीमा मिसाएर पकाउन सकिन्छ । यसको जुस बनाएर वा त्यत्तिकै खान पनि सकिन्छ । आजभोलि यसको हलुवा बनाएर खाने चलन छ । पायल्स रोग छ भने गाँजर पकाएर त्यसमा घिउ र अनारको रस मिसाएर खाएमा पायल्स निको हुने आयुर्वेदमा उल्लेख छ ।

क्खर खण्ड

सक्खर खण्ड हेर्दा आलु जस्तो देखिने स्वादमा गुलियो हुने स्वादिष्ट पौष्टिक कन्दमूल हो । जमिनमुनि फल्ने सक्खर खण्डमा फाइबर, भिटामिन सी र भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसमा बिटा–क्यारोटिन, क्लोरोजेनिक एसिड र एन्थोसायनिन्स सहित धेरै एन्टिअक्सिडेन्ट छन् ।

साइन्स डाइरेक्टमा प्रकाशित एक अध्ययन अनुसार सक्खरखण्डको रस ४ ग्राम १२ हप्तासम्म दैनिक पिउने हो भने मधुमेहका बिरामीको रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ । प्रचुर मात्रामा भिटामिन ए पाइने हुँदा यसले हाम्रो रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने, आँखाको ज्योति पनि कायम रहने र छालाको स्वास्थ्य पनि राम्रो रहन्छ ।

कसरी खाने ?

यसलाई उमालेर वा भुटेर गर्न सकिन्छ । स्यान्डविच बनाएर खान सकिन्छ । सलादमा मिसाएर पनि खान सकिन्छ ।

अदुवा

अदुवा एक चिनियाँ बिरुवा हो । जुन बेसार प्रजातिको परिवारमा पर्छ । अदुवामा एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ । यसमा जिंजरोल नामक विशेष यौगिक पनि हुन्छ, जसले गर्भवती महिलालाई वाकवाकी लागेमा अदुवा खानु फाइदाजनक हुन्छ ।

त्यस्तै, दुखाइ र कुनै अंग सुन्निएमा राहत दिन्छ । अदुवाको महिनावारीको दुखाइमा पनि राहत दिन्छ र ओस्टियोआर्थराइटिसमा पनि राहत दिन्छ ।

कसरी खाने ?

अदुवा चिया, सुप र विशेष स्वादका लागि तरकारीहरूमा पनि प्रयोग गर्न सकिन्छ ।

चुकन्दर

माटोमुनि फल्ने चुकन्दर पौष्टिक रुपले भरिपूर्ण तरकारी हो । यसमा फाइबर, फोलेट र खनिज प्रचुर मात्रामा पाइन्छ । चुकन्दरमा प्रचुर मात्रामा पनि नाइट्रेट हुन्छ । यी यौगिकहरूले रक्तधमनीलहरूलाई आराम दिन्छ । चुकन्दर खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ र मुटुको स्वास्थ्यमा पनि सुधार हुन्छ ।

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार चुकन्दर खाँदा शारीरिक गतिविधिमा सुधार गर्ने र मस्तिष्कमा रगतको प्रवाहलाई पनि सुधार गरी मानसिक स्वास्थ्य राम्रो बनाउँछ ।

चुकन्दरमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । यदि कसैलाई पहिले नै क्यान्सर छ भने यसको वृद्धिको गति कम गर्न सकिन्छ ।

कसरी खाने ?

चुकन्दरको रसको अचार बनाउन सकिन्छ । यसलाई उमालेर वा भुटेर पनि खान सकिन्छ । यसको सलाद पनि आजभोलि चर्चित बन्दै गइरहेको छ ।

मुला

अधिकांशको खानासँगै राखिने सलादमा सबैभन्दा बढी पातलो पारेर काटेको मुला नै हुन्छ । यसले खानाको स्वाद बढ्छ । मुलालाई खानासँग खाँदा खानामा हुने कार्बोहाइड्रेट र क्यालोरी कम हुन्छ, जबकि यसमा पर्याप्त मात्रामा फाइबर र भिटामिन सी हुन्छ । यसले खाना पचाउन पनि मद्दत गर्छ ।

यसमा एन्टिफङ्गल गुण, एन्टीफल्मेटरी र एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसको सेवनले सबै प्रकारका फंगल इन्फेक्सनबाट जोगाउने र घाउ चोट छिटो निको पार्ने गुण हुन्छ ।

कसरी खाने ?

मुलालाई सलाद बनाएर वा सुकाएर सिन्की बनाएर बनाउन सकिन्छ । सुकाएर भन्दा ताजा मुला नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

आयुर्वेद डा. पुनेश्वर केशरी प्याज सखरखण्ड
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण

माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण

डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

डेंगु हुँदा आन्तरिक रक्तस्राव हुन्छ, कस्तो अवस्थामा अस्पताल जानैपर्छ ? (भिडियो)

तनावले कसरी मुटुलाई असर गर्छ ?

तनावले कसरी मुटुलाई असर गर्छ ?

प्याकेटबन्द फ्रुट जुसको नालीबेली, यो वास्तवमै पिउनयोग्य छ ?

प्याकेटबन्द फ्रुट जुसको नालीबेली, यो वास्तवमै पिउनयोग्य छ ?

महिनावारीको बेला किन रोकी-रोकी रक्तस्राव हुन्छ ?

महिनावारीको बेला किन रोकी-रोकी रक्तस्राव हुन्छ ?

पुरुष बन्ध्याकरणबारे ९ भ्रम र सत्य

पुरुष बन्ध्याकरणबारे ९ भ्रम र सत्य