 
																			८ कात्तिक, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्वपूर्ण रुपमा उठाउने बताएका छन् ।
बुधबार चन्द्रागिरीमा जलवायु परिर्वतन व्यवस्थापन महाशाखाद्वारा आयोजित कोप सम्मेलनमा सहभागीलाई कसरी प्रस्तुत गराउने भन्ने विषयक तालिममा मन्त्री शाहीले जलवायु परिर्वतनको सम्मेलन एक महत्वपूर्ण मञ्च हुने बताएका हुन् ।
‘यस पटकको कोप सम्मेलनमा विशेष छलफल हुने जलवायु वित्तको विषयमा हाम्रा लागि विशेष महत्व रहने छ’, उनले भने, ‘वित्तीय सहयोगबिना विकसिल देशहरुलाई जलवायु संकट संग लडन सहज हुने छैन ।’
कोप २९ लाई नै लक्षित गरि कार्तिक ३ र ४ गते मन्त्रालय र साथसाथै नामक संस्थाको संयुक्त आयोजनामा मुगुको रारामा कोपको पूर्व तयारी जलवायु परिर्वतन कार्यशाला भएको थियो । विभिन्न जलवायु विद्, कर्णालीका सबै जिल्लाका जनप्रतिनिधिसहित भएको कार्यशालाले ५ बुँदे कर्णाली घोषणापत्र समेत जारी गरेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4