+
+

‘छक्कापञ्जा ५’ को नयाँ गीतमा रोमान्टिक दीपक र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १७:१५

काठमाडौं । प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ शुक्रबार युट्युबमा सार्वजनिक भएको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको सन्दर्भमा निर्माताले रोमान्टिक गीत ल्याएका हुन् ।

शम्भुजीत बास्कोटाको संगीतमा तयार भएको गीतमा कृष्णहरि बरालका शब्द छन् । निशान भट्टराई र अस्मिता अधिकारीको गायन छ ।

भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । फिल्मभित्र यी दुई पात्रको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ । दीपाश्री निरौला निर्देशित फिल्म अहिले व्यावसायिक सफलतासहित हलमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?