+
+

ललितपुर महानगरले सुरु गर्‍यो बाढीले ल्याएको फोहोर सफाइ (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ कात्तिक १० गते १०:१४

१० कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सफा गरेको छ ।

महानगरपालिकाले आजदेखि बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो । आज बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको थियो ।

यसअघि नै महानगरको बैठकबाट मेयर चिरिबाबु महर्जनले फोहोर संकलनमा सहभागी हुन आह्वान गरेका थिए । सोहीअनुसार स्वयंमसेवक सहभागी भएका हुन् ।

महानगर अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?