काठमाडौं । नेपाली फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा मुख्य पात्रलाई गम्भीर भावमा देखाइएको छ ।
शीर्ष भूमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठले अभिनय गरेका छन् । पोस्टरमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’को शीर्षकको समाचार छ । लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ ।
‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि छन् । यी समाचार शीर्षक वरपर कथावस्तु आधारित रहेको अनुमान गर्न सकिन्छ ।
कार्तिक ३० गते रिलिज हुने फिल्मको यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले हाइप बनाइसकेको छ । ३२ वर्षअघिको डकुड्रामा ‘उजेली’का निर्देशक समेत रहेका गौचनको निर्देशन छ ।
फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ब्यानरको रुपमा छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता छन् ।
म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।
प्रतिक्रिया 4