+
+

ओटीटीमा ‘बेहुली फ्रम मेघौली’लाई ४८ घण्टामै ११ हजार दर्शकले हेरे

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १३:५१

काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’लाई ओटीटी प्लाटफर्ममा डेब्यु गरेको ४८ घण्टामै ११ हजारभन्दा बढी दर्शकले हेरेको जनाइएको छ ।

निश्चलको ब्ल्याकहर्स पिक्चर्सले सार्वजनिक गरेको स्ट्रिमिङ तथ्यांकमा यो कुरा उल्लेख छ । यसो हो भने हलको विकल्प खोज्न भइरहेको वैकल्पिक प्लाटफर्मको यो प्रयास उपलब्धिमूलक हो ।

साजन काफ्ले र आकाश बराल निर्देशित फिल्म शुक्रबारदेखि एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको थियो । दर्शकले निश्चित शुल्क तिरेर यो ओटीटीमा फिल्म हेर्न सक्नेछन् ।

फिल्म हेर्न एक दिनका लागि २९८.२० रुपैयाँ र एक साताका लागि ४२० रुपैयाँ तोकिएको छ । निर्माताको स्ट्रिमिङ तथ्यांक र फिल्म हेर्न तोकिएको शुल्कको हिसाब गर्दा फिल्मले उक्त अवधिमा कम्तीमा पनि ४४ लाख रुपैयाँ कमाएको बुझ्न सकिन्छ ।

निर्माता तथा अभिनेता बस्नेतले हलले आफ्नो फिल्मलाई उचित शो नदिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए । उनले यसो भनेको केही दिनमै फिल्मलाई ओटीटी प्लाटफर्ममा रिलिज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?