+
+

ठगी आरोपमा सिरहाबाट मलेसियन नागरिकसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते २०:११

१२ कात्तिक, जनकपुरधाम । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा सिरहा प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मलेसियन नागरिक वर्ष ५१ का मोहम्मद रिजुआन बिन अब्दुल्लाह छन् । यस्तै सिरहाको लहान नगरपालिका- २३ बस्ने वर्ष ४२ का रामाशंकर यादव र वर्ष २५ का रामभरत यादव, वर्ष ३९ का सूर्यनारायण यादव  रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डीएसपी पासवानका अनुसार उनीहरूले सरकारबाट अनुमति नलिई  कात्तिक १० गते साँझ साढे ७ बजे लहान नगरपालिका- ४ मा रहेको गोधुली होटलमा नेपाली नागरिकलाई कतार पठाइदिन्छु भनी अन्तर्वाता लिई रकम उठाएका थिए ।

इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धानमा हिरासतमा राख्न जिल्ला अदालत सिरहाबाट अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?