+
+

बझाङमा अरिङ्गालको टोकाइबाट  बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ९:००

१३ कात्तिक, धनगढी । बझाङमा अरिङ्गालको टोकाइबाट  बालकको मृत्यु भएको छ ।

साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धामीलाई आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।

गम्भीर घाइते अवस्थाका धामीलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुगाइएको थियो ।

धामीको  उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएका थिए । उनी स्थानीय  स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?