+
+

३० प्रहरीलाई हेभी सवारी चालक तालिम

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १२:३९

१३ कात्तिक, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ ।

सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले संगठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताए । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई थप सजग र सतर्क भई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट सञ्चालित ३० कार्यदिन अवधिको तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?