+
+

गण्डकीका भौतिकमन्त्रीसँग ५ सेट हिरा, ९५ तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ११:४६

१४ पोखरा, काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी पनि धनी मन्त्रीमै दरिएका छन् । प्रदेशका मुख्यमन्त्रीमन्त्रीसहित मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको कराडौंको सम्पत्ति देखिएको हो ।

मन्त्री केसीसँग पनि पोखरा र ललितपुरमा घरजग्गा छन् । उनको पोखरा १२ मा २ ठाउँमा घरजग्गा छ भने ललितपुर–२ मा पनि उनको घरजग्गा छ । पोखरा–१२, पोखरा–१४, पोखरा वडा नम्बर ६, २३, २४, २९ मा उनको करोडौं पर्ने जग्गाहरु छन् ।

उनीसँग ५ सेट हिरा, ९५ तोला सुन, सवा ११ किलो चाँदी छ । उनले करिब ८० लाख ऋण देखाएका छन् । गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन् । माछापुच्छ्रे बैंकमा शेयर रहेको बताए पनि रकम भने उनले खुलाएका छैनन् । श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका छन् ।

१ करोड ९ लाख रुपैयाँ त उनले विभिन्न व्यक्तिलाई ऋण नै दिएका छन् ।

उनले पोखरा १२ को घरबाट मासिक ५ लाख रुपैयाँ बहालमार्फत प्राप्त हुने बताएका छन् ।

आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?