+
+

‘केटी हराएको सूचना’को ट्रेलर : पहाडी र मधेशी समुदायमा मेलमिलापको खोजीको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १४:४५

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले अर्थपूर्ण र रोचक ट्रेलर दर्शकमाझ ल्याए ।

४ मिनेट रनटाइमको ट्रेलरमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन, सृष्टि श्रेष्ठलाई चित्रण गरिएको छ । ट्रेलरमा न्यारेटरको रुपमा बुद्धि तामाङ छन् । ‘नन लिनियर’ शैलीमा बनाइएको ट्रेलरलाई रोचक बनाउन दक्षिण भारतीय फिल्म ‘पुष्पा २’देखि हङकङ स्टार ज्याकी च्यानका किस्सा पनि समेटिएको छ ।

सामाजिक संजालबाट भेटिएका दुई अपरिचित युवायुवती यात्रामा निस्किँदा आउने उतारचढावको कथा यसमा छ । फिल्मले पहाडी समुदायको युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलाप बारेको कथा पेश गर्छ । फिल्मले पहाडी-मधेशी मेलमिलापको खोजी गर्छ ।

फिल्ममा सीताको भूमिकामा सृष्टिले अभिनय गरेकी छन् भने रामको भूमिकामा नाजिर छन् । विलासको भूमिकामा सञ्जय मिश्रा र अमितेश शाह क्यामियो रोलमा छन् ।

ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पटकथा लेखक, निर्माता तथा निर्देशक गौचनले यो फिल्म निर्माणका लागि प्राप्त प्रेरणाको बारेमा आफ्नो अनुभव साटे । उनले भने, ‘नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखें । यी क्षेत्र प्रतिष्ठित भएपनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें ।’

उनले अगाडि भने, ‘यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमाना पार गर्ने र विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ ।’ ३२ वर्षअघिको लोकप्रिय टिभी डकुड्रामा ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक समेत रहेका गौचनको यो तीन दशकपछिको पुनरागमन हो ।

फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ब्यानरको रुपमा छ । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका निर्देशक तथा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख समेत रहेका नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा छन् ।

‘केटी हराएको सूचना’ कात्तिक ३० गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?