+
+

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ गोलरहित बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १९:२३

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको  सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पायो ।

गोलपोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो ।

रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले क्याच गरिन् ।

नेपालका लागि अमिसाले गोल गर्ने अवसर पाएकी थिइन्, तर फिनिसिङमा चुकिन् । १९ औं मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्किँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?