काठमाडौं । नेपाली राइडर दीपक शाह भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी बनेका छन् ।
विजेता राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले सम्मान गरेको छ । राइडर शाहलाई ९५ हजार रुपैयाँ नगदसहित सम्मान पत्रले सम्मान गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको एटिक रेस्टुरेन्टमा आयोजित सम्मान कार्यक्रममा नेपालका अनुभवी भेटरान राइडर लगायत सहभागी थिए ।
१६ असोजदेखि २० असोजसम्म भारतमा आयोजना भएको –याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए ।
यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिब ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिब ४ हजार ५५१ किलोमिटरसम्म उचाइ भएको कुन्जुम पास समेत राइडरहरूले पार गरेका थिए ।
एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर शाहलाई ट्रफी हस्तान्तरण गरे । राइडर शाहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।
विजेता बनेसँगै शाहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’
राइडर शाहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । उनको बुवासँग सन् १९८० देखि नै रोयल इन्फिल्डको मोटरसाइकल थियो । यसकारण पनि उनमा रोयल इन्फिल्डप्रति आकर्षण बढ्यो ।
प्रतिक्रिया 4