+
+

भौतिक पूर्वाधारमन्त्री दाहाल रियाद प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते १७:३२

१६ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन् ।

सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।

मन्त्री दाहालसँगै पत्नी दिलमाया कार्की, सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल पनि साउदी अरेबिया गएका छन् ।

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?