१६ कात्तिक, प्यूठान । माडी नदीले बगाउँदा प्यूठानमा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव भेटिएको छ ।
बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजको दुई सय मिटर तल भेटिएको हो ।
त्यस्तै खनाललाई स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्केपछि बेलिब्रिजको छेउमा नुहाउन जाँदा नदीले बगाएको थियो । खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4