+
+

‘पूर्णबहादुरको सारंगी’ हिट भएपछि विजय बराल : यो सफलता मेरो अभिनयको ‘टर्निङ प्वाइन्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते ११:५५

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा उछाल कमाइ गरेपछि अभिनेता विजय बरालले यसलाई आफ्नो अभिनय करिअरको टर्निङ प्वाइन्टको रुपमा ब्याख्या गरेका छन् ।

फिल्म घरेलु बक्सअफिसमा सुपरहिट बनेपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै बरालले यो समयलाई आफूले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षणको रुपमा लिएको बताए ।

उनले भने, ‘आजको दिन मेरो लागि सबैभन्दा महत्वपूर्ण हो । म यतिबेला खुसीले आत्तिएको छु । अब के हुन्छ थाहा छैन । यो सफलता मेरो एक्टिङको टर्निङ प्वाइन्ट हो ।’

‘मेरो जीवनको डेढ दशक लामो फिल्म करिअरमा पहिलोपटक यतिधेरै लेयरमा अभिनय देखाउन पाएको थिएँ । अब पनि पाउँछु कि पाउँदिन थाहा छैन । यसपटकको अवस्था फरक भयो’ उनले भने ।

उनले ‘पूर्णबहादुरको सारंगी’को सफलताको श्रेय परिवार, सेभेन सिज, मण्डला थिएटर र आफूलाई विश्वास गर्ने दर्शकप्रति समर्पित गरे । उनले फिल्म छनोट गर्दा कथा र पात्र छनोट महत्वपूर्ण कुरा हुने यो फिल्मबाट सिकेको समेत बताए ।

‘पैसा उठेको छ । राम्रो शो पाएको छ । नचल्ने ठाउँमा फिल्म चल्या छ । म खुसीले आत्तिएको छु । अब यसपछि के हुन्छ थाहा छैन’ उनले भने ।

सरोज पौडेल निर्देशित फिल्ममा बरालले शीर्ष पात्र पूर्णबहादुरको भूमिका निर्वाह गरेका छन् जो गण्डकी प्रदेशको एक गन्धर्व हुन्छ । छोरालाई शिक्षादिक्षा दिलाउन उसले गर्ने संघर्षको आयाममा कथा केन्द्रित छ ।

बराल यसअघि सहायक भूमिकामा देखिँदै आएका थिए । शीर्ष भूमिकामा उनले अभिनय गरेको यो पहिलो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?