 
																			२० कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा हिजो भएको बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । बुटवलस्थित चौराह अस्पताल पुगेर उनले घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । घाइते बिरामीहरुसँग भेट गर्दै मुख्यमन्त्री आचार्यले तत्काल रकम अभावमा उपचारमा कुनै कमी नहुनेगरी अस्पताल व्यवस्थापन पक्षसँग कुरा गरी व्यवस्था मिलाइएको जानकारी दिए ।
दुर्घटनामा परेर एकजना वृद्धासहित दुई महिलाको मृत्यु भएको थियो । ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बसले भैलो खेलिरहेको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4