 
																			२१ कात्तिक, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंसिर ११ देखि आवेदन खुल्ने भएको छ ।
१० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ । इक्रा नेपालले कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, एनएलजी इन्स्योरेन्सको तोकिएका शाखा तथा आफ्नो खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4