+
+

अमेरिकी राष्ट्रपतीय चुनावमा कुन नेपाली कलाकारले भोट हाले ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १२:०४
अरुणिमा लम्साल (बायाँ) र उषा पौडेल ।

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । नेपाली समयानुसार बुधबार बिहान भएको मतदानमा नेपाली सेलेब्रिटीले पनि भाग लिए ।

मतदानपछि नेपाली कलाकारले सामाजिक संजालबाट यसबारे जानकारी दिएका छन् । कतिले गतसाता नै ‘अर्ली मतदान’ गरिसकेका छन् । मंगलबारको चुनावमा मतदान गरेपछि नेपाली कलाकारले उत्साह व्यक्त गरेका छन् ।

‘मैले भोट हालेँ । तपाईंले हाल्नुभयो ?’ मतदानपछि अभिनेत्री अरुणिमा लम्सालले पोस्ट गरेकी छन् । उनले मेरिल्याण्ड राज्यको रोसेडेलस्थित सेडी स्प्रिङ एलिमेन्ट्री स्कुलको मतदान केन्द्रमा पुगेर भोट हालेकी हुन् ।

अभिनेत्री सारंगा श्रेष्ठले पनि मतदान गरिन् । ‘मैले सहि मान्छेलाई भोट दिएँ । आशा छ तपाईंले पनि सहि उम्मेदवारलाई भोट दिनुभएको होला’ भोट हालेपछिको रिल्स भिडियोमा उनले भनेकी छन् ।

अभिनेता राहुल केसी ।

अभिनेता राहुल केसीले पनि मेरिल्याण्डमा मतदान गरेका छन् । थुप्रै नेपाली फिल्म र म्युजिक भिडियोमा अभिनय गरेका केसी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाका वर्तमान अध्यक्ष समेत हुन् । गीतकार सतिश चापागाईंले समेत मेरिल्याण्डमा भोट हालेका छन् ।

फेसन डिजाइनर प्रबल गुरुङले गतसाता नै कमला ह्यारिसको पक्षमा अर्ली भोट हालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?