+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चाँदीका नक्कली नोटसहित इन्द्र ज्वेलर्सका सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १६:५५

२१ कात्तिक, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

उक्त नोट नेपाल राष्ट्र बैंकबाट निकालिएको हो भन्दै भ्रममा पारेर उनले कारोबार गर्र्ने गरेको प्रहरीले जनाएको छ ।

उनीबाट १ हजार दरका श्री ९९९९ लेखिएका ४८ थान, १ हजार दरकै एसडी ०००००० लेखिएका ४० थान, १ हजार दरकै ट ५६८२१३८३ लेखिएका २५ थान र ५ सय दरको श्री ९९९९ लेखिएका २८ थान नोट बरामद गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?