+
+

टप १० ब्रोकर कम्पनीमध्ये ८ को खरिद धेरै, कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १७:५९

२१ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा करिब ३० प्रतिशत हो ।

बुधबार टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब ३४ करोड रुपैयाँ बराबरको बिक्री भयो ।

यस दिन टप १० ब्रोकर कम्पनीमध्ये ८ मार्फत खरिद बलियो देखिएको छ । नासा, लिन्च, भिजन, इम्पेरियल, क्यापिटल, एबीसी, आर्यतारा र सारेप्रोमार्फत खरिद धेरै भएको छ । दुई ब्रोकर कम्पनी सुमेरु र अनलाइनमार्फत भने बिक्री धेरै देखिएको छ ।

यस दिन यी टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा नेपाल फाइनान्स, पिपुल्स पावर, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, साहस ऊर्जा, गुडविल फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर लगायत कम्पनी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?